
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लिवर्टी ईनर्जी कम्पनीको ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ भदौ ३ गतेदेखि बिक्री खुल्ला हुने भएको छ । पहिलो चरणको स्थानीयवासीलाई बिक्री खुल्ला गरेकोमध्ये नविकेको १३ लाख १५ हजार ९३० कित्ता सहित ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कूल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।
यस आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। यस आइपिओ छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ ।इक्रा नेपालले यस आइपिओलाई ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्