
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय अंकित मूल्यमा ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो । स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउनेछन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्