- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले उक्त कम्पनीको आइपीओ बाँडफाँट भएको जनाएको हो । कम्पनीको आइपीओमा १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्द भएको छ । उक्त आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो ।
आइपिओ बाँडफाँटमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्