
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ पनि आज (सोमबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले उक्त कम्पनीको आइपीओ १२ बजे आइपीओ बाँडफाँट हुने जनाएको हो । यसअघि भने कम्पनीको आइपीओ बाँडफाँट आजै १० बजे हुने भनिएको थियो तर धितोपत्र बोर्डले १२ बजेमात्र बाँडफाँट गर्न निर्देशन दिएपछि समय १२ बजेका लागि सारिएको हो ।
लिवर्टी इनर्जी कम्पनीको आइपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा १.९६ गुणा धेरैको आवेदन परेको छ ।कम्पनीको आइपीओ १० देखि ३० कित्तासम्म माग गर्नेलाई मागेजति दिने तथा ४० देखि १५ हजार कित्ता माग गर्नेलाई पनि १० कित्ता बाँडफाँड गरेपछि २ लाख ५६ हजार २०० कित्ता बाँकी रहने र उक्त सेयर गोलाप्रथाबाट २५ हजार ६२० जनालाई थप १० कित्ताका दरले बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।
यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्