- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार (आज) साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुने जनाइएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामो दुरीका सार्वजनिक यातायातबारे समेत निर्णय हुने स्रोतले जनाएको छ ।
त्यस्तै भदौ १ बाट विद्यालय भर्ना कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।