
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन कम्तीमा दुई हप्ता लकडाउन गर्न सुझाव दिएका छन् । आज बालुवाटारमा राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञसहित बसेको बैठकले यस्तो सुझाव दिएको हो ।
लकडाउनका साथसाथै उक्त अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् । विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् । विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ । यता बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सुझाव मात्रै नभइ काम पनि गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले लामो समय लकडाउन गरे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्