Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने विषयमा आज निर्णय हुँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका बारेमा छलफल गर्न आज (मंगलबार) दिउँसो तीनवटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठक बस्ने भएको छ । उक्त बैठकले उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे  निर्णय गर्नेछ । 
गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू भएको निषेधाज्ञाको अवधि भोलि बुधबार मध्यरातीबाट सकिँदै छ । अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको निषेधाज्ञाबारे आज बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय लिने बताइएको छ।
सोमबारमात्र उपत्यकाभित्रका नगर इकाइहरुले उपत्यकामा अर्को हप्ता पनि निषेधाज्ञा लम्ब्याउनुपर्ने सुझाव दिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ। तीनवटै जिल्लाका सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को प्रयोग गर्दै निषेधाज्ञा गरेका हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK