×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा पनि निषेधाज्ञा र लकडाउन, कुन-कुन क्षेत्र परे सुचिमा ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा पनि निषेधाज्ञा र लकडाउन, कुन-कुन क्षेत्र परे सुचिमा ? (विवरणसहित)

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिमका विभिन्न जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ । केही दिनदेखी लगातार दैनिक कोरोना संक्रमितदर बढ्दै गएपछि आवश्यकताका आधारमा विभिन्न पालिकामा निषेधाज्ञा र लकडाउन गरिएको हो ।
कहाँ-कहाँ निषेधाज्ञा र लकडाउनः 
दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । अर्को सुचना जारी नभएसम्मका लागि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । दाचुलाकै नौगाड गाउँपालिकाले एक वडाबाट अर्को वडामा प्रवेश बन्द गरिएको छ । नौगाड गाउँपालिकाले सूचना जारी गर्दै वडा नम्बर ४ सिप्टीको पूरै गाउँमा मार्माबाट आवतजावत बन्द गराएको जनाएको छ ।
त्यस्तै कोरोना संक्रमितहरुको संख्या र जोखिमलाई मध्यनजर गर्दै बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ले पनि कोरोनाको जोखिम बढदै गइरहेको भन्दै मंगलबार राति १० बजेदेखि वडालाई सिल गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका १२ र १३ को सीमानामा भारतबाट आएका र होम क्वारेन्टाइनमा बसिरहेका एक जनामा संक्रमण देखिएपछि वडालाई सिल गर्ने निर्णय गरिएको हो । 
त्यस्तै कैलालीको कैलारी गाउँपालिकाले पनि कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन भोलीदेखि लकडाउन गर्ने भएको छ । गाउँपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि भोलीदेखि लकडाउन गरिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: