
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार १७.३३ अंकले घटेर १३९१.४६ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २५ करोड ९३ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल ८ करोड १४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बिहिबारको कारोबारमा व्यापार उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै साधना लघुवित्त र छ्यांदी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै आखुखोला हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्