×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समुदायस्तरमा कोरोना फैलिएपछि मध्यपुर नगर भदौ ९ गतेसम्म लकडाउन, अस्पताल सिल गरियो !

GLOBAL IME BANK

समुदायस्तरमा कोरोना फैलिएपछि मध्यपुर नगर भदौ ९ गतेसम्म लकडाउन, अस्पताल सिल गरियो !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित बसेको बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । 
नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ । 
नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 
यस्तै नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले बताए । अस्पतालमा कोरोना सङ्क्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: