×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीका बेला महाकाली नगरपालिकामा ‘महा-भ्रष्टाचार’को गन्ध ! जनताले खान पाएनन् तर खर्च साँढे २ करोड ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

महामारीका बेला महाकाली नगरपालिकामा ‘महा-भ्रष्टाचार’को गन्ध ! जनताले खान पाएनन् तर खर्च साँढे २ करोड ! (भिडियो)

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कन्चनपुर । महाकाली नगरपालिका, कन्चनपुरले कोरोना रोकथामका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नगरपालिकाले २ करोड ३४ लाख ८६ हजार ३२० रुपैयाँ खर्च भएको छ । तर नगरपालिकाले सार्वजनिक गरेको यो खर्च निकै अपारदर्शी भएको भन्दै स्थानीयले विरोध गरेपछि अहिले यो प्रकरण सतहमा छ ।
नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार क्वारेन्टाइन निमार्ण रु. ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टाईनमा प्रयोग हुने सामग्री खरिदमा रु. १३ लाख २१ हजार ९ सय, क्वारेन्टाईन बस्नेहरुका लागि खानामा रु. ७ लाख, आइसोलेशन निमार्ण तयारी रु. ७ लाख ८७ हजार ३ सय, आइसोलेशन ब्यवस्थापन खर्चा रु. १४ लाख, आइसोलेशन खाना खर्च रु. २३ लाख, औषधीमा रु. ७ लाख ४१ हजार ४ सय, औषधी अन्य सामग्रीमा रु. ३० लाख ५६ हजार १ सय ५५, स्वास्थ्य उपकरणमा रु. ४ लाख ५९ हजार ९ सय ८, राहत बितरणमा रु. ४३ लाख २७ हजार ९ सय ९६, जोखिम भत्तामा रु. १३ लाख ८५ हजार ७ सय ८, यातायात खर्चमा रु. ५ लाख २५ हजार ७ सय, अन्यमा ३० लाख गरी झन्डै साँढे २ करोड खर्च भएको छ। 

स्थानीय भन्छन्- ‘हामीले खानासमेत घरबाट ल्याएका थियौं । गतिलो व्यवस्था केहि थिएन।’ तर नगरपालिकाले भने अन्य खर्चमा समेत ३० लाख रुपैयाँ राखेर झन्डै साँढे २ करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ । चौतर्फी रुपमा विरोध र आलोचना भएपछि हामी यस प्रकरणको सत्य तथ्य के हो भनेर बुझ्न नगरपालिकासम्म नै पुगेका छौं । हामीले नगरपालिकाका मेयर, उपमेयर र प्रवक्तासँग हिसाब किताबको नालेबेली मागेका छौं र स्थानीय जनतासँग पनि कुराकानी गरेका छौं ।
प्रस्तुत छ अर्थ सरोकार सुदूरपश्चिम ब्युरोले तयार गरेको यो विशेष खोज सामाग्री :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: