×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महेन्द्रनगरमा बन्दाबन्दीमा हजारबढी सवारीसाधन कारवाहीमा, कति भयो राजश्व सङ्कलन ?

PRIME CA

महेन्द्रनगरमा बन्दाबन्दीमा हजारबढी सवारीसाधन कारवाहीमा, कति भयो राजश्व सङ्कलन ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकर सम्बाददाता 
महेन्द्रनगर । महेन्द्रनगरमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । बन्दाबन्दीका बेला जथाभावी सवारीसाधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै एक हजार ३३१ सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
  
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउनका बेला अर्थात्  गत चैत्रदेखि सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए । पाँच महिनामा ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । अटोलगायत अन्य ५३ वटा सवारीसाधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ । सवारी कारबाहीबाट ट्राफिक प्रहरीले सात लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: