×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महुली लघुवित्त र नवकिरण लघुवित्त एक आपसमा गाभिदैँ, प्रस्ताव पारित गर्न बुधबार साधारण सभा बोलाईयो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महुली लघुवित्त र नवकिरण लघुवित्त एक आपसमा गाभिने भएका छन् । एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्न यी दुई लघुवित्तले बुधबार (भदौ ९ गते) साधारण सभा बोलाएका छन् । नवकिरणले आफ्नै केन्द्रीय कार्यालय धुलिखेलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ भने महुलीले पनि केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजे नै सभा बोलाएको छ।  
साधारण सभामा सेयर स्वापः रेसियो पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन, कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा परिणत हुने लगायतका विशेष प्रस्तावहरु पनि रहेका छन् ।
दुवै संस्था एक भएपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । महुली राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्नेछ । महुली लघुवित्तले सर्वसाधारणमा आइपीओसमेत जारी गरेर नेप्सेमा सूचीकृत रहेको छ । नवकिरण लघुवित्तले भने सर्वसाधारणमा सेयर जारी गरेको छैन । मर्जर प्रयोजनका लागि महुलीको सेयर कारोबार गत माघ ९ गतेदेखि दोस्रो बजारमा रोक्का रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: