
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । मकवानपुरका स्थानीय तहमा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सबैतिरबाट विरोध भएपछि निषेधाज्ञालाई खुकुलो बनाउनका लागि मंगलबारबाट ढाँचा परिवर्तन हुने भएको छ । निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय भएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल सञ्चालन गर्न दिने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन हुन दिने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
‘खाद्यान्नलगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा यसअघिदेखि नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरका निषेधाज्ञा जारी भएका स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने प्रजिअ नेपालले बताए । मकवानपुरमा साउन २६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्