Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित भेटिएपछि हेटौंडाको सीता भवन सिल

अर्थ सरोकार

मकवानपुर
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टीसीएन रोडमा रहेको सीता भवन सिल गरिएको छ । सो भवनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सिल गर्ने निर्णय गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘सो भवनमा रहेका अन्य व्यक्तिहरुमा समेत संक्रमणको सम्भावना रहेकोले कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको नजिता नआएसम्मका लागि उक्त भवनलाई सिल गरिएको छ ।’
प्रजिअ नेपालका अनुसार आरडीटी परीक्षण पूर्णरुपमा रोक लागउने तर एन्टिजेन बेस र्‍यापिड डाइग्नोस्टिक टेस्ट भने प्रयोग गर्न सकिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK