×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टी भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको प्रजिअ गिरीले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ ।‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ,’ मेडिकल अधिकृत डा। अधिकारीले भने । उनका अनुसार दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् ।
हालसम्म मनाङमा संक्रमितको संख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये आज दुई जनामा संक्रमण पुष्टि भएको हो । मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए ।
त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवाहरु यही भदौ १५ सम्मलाई स्थगित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।-रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: