×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको पाँच लाख ३० हजार रकमसहित प्रदेश ५ का एक इञ्जिनीयर पक्राउ !

GLOBAL IME BANK

स्रोत नखुलेको पाँच लाख ३० हजार रकमसहित प्रदेश ५ का एक इञ्जिनीयर पक्राउ !

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । प्रदेश ५ का पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयर रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको पाँच लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले बताए ।

उनलाई आज अपराह्न ४.३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: