×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १२.७७ अंकले बढ्यो बजार, १ अर्व १० करोड ८० लाखमाथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार १२.७७ अंकले बढ्यो बजार, १ अर्व १० करोड ८० लाखमाथिको कारोबार

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १२.७७ अंकले बढेर १४१०.३४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १० करोड ८० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १३ करोड ७२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिवम सिमेन्ट र नेपाल पुनर्बिमा कम्पनीको भएको छ ।
यता, बुधबारको कारोबारमा व्यापार, विकास बैंक र म्युतुअल फण्ड उपसुचक घटेको छ भने बाकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स र नेको इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पन्चकन्या हाइड्रोपावर र युनियन हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: