
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गृह मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको छ । हालसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजार ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै ३१ हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म अनुमति नलिइ काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्