×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मास्क नलगाउने डडेल्धुराका २९४ जनालाई कारबाही, झण्डै ३० हजार राजस्व संकलन !

LAXMI SUNRISE BANK

मास्क नलगाउने डडेल्धुराका २९४ जनालाई कारबाही, झण्डै ३० हजार राजस्व संकलन !

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
डडेल्धुरा । डडेल्धुरामा मास्क प्रयोग नगर्ने दुई सय ९४ जना कारबाहीमा परेका छन् । प्रहरीले जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको नलगाएर हिँडडुल गर्ने २ सय ९४ जनालाई कारबाही गरेको हो । 
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले मास्कको प्रयोग अनिवार्य गरेको थियो । सोही क्रममा गृह मन्त्रालयले पनि मास्क प्रयोगमा कडाई गर्न भनि दिएको निर्देशन अनुसार चेकिङ्गलाई कडा बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताउनुभयो । उहाँले जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क नलगाई हिँडडुल गर्ने २ सय ९४ जनालाई कारबाही गरेको जानकारी दिनुभयो । त्यस्तै उहाँले भन्नुयो, ‘मास्कविना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गर्दै आएका छौँ ।’
मास्कको प्रयोग नगर्नेलाई पहिलो पटक १ सय रुपैयाँका दरले जरिमाना गरी सम्झाइ बुझाई गरी छोडिएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कारवाहीमा परेकाहरुबाट हालसम्म २९ हजार ४ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । यसका साथै कोरोना भाइरसबाट जोगिन आग्रह गर्दै प्रहरीले सचेतना समेत फैलाइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी