Skip to content
LAXMI SUNRISE BANK

सन्तोष कोइरालाले नेतृत्व गरेको माछापुच्छ्रे बैंकले १ अर्व २५ करोड नाफा कमायो, लाभांश क्षमता कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकले गतवर्ष १ अर्ब २५ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नागा अघिल्लो बर्षको तुलनामा कम हो । कोरोना महामारीका कारण गतबर्षभन्दा केहि नाफा घटेको बैंकको अघिल्लो आर्थिक बर्ष अर्थात आर्थिक बर्षको नाफा १ अर्ब ६९ करोड रुपैयाँ थियो। 
यता बैंकले असार मसान्तसम्ममा ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गतवर्षको असार मसान्तमा ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको असार मसान्तमा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप छ । बैंकको अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा निक्षेप ८७ अर्व रुपैयाँ थियो। बैंकको कर्जा निक्षेप अनुपात ७३.८१ प्रतिशत छ भने बेसरेट ९.२१ प्रतिशत रहेको छ । स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ ।
बैंकको वितरण योग्य नाफा नाफा ९० करोड ८२ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा भने बढेको देखिन्छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ०.३७ प्रतिशत खराज कर्जा रहेकोमा बैंकको असार मसान्तसम्ममा खराब कर्जा ०.५४ प्रतिशत रहेको छ। बैंकको पूँजीकोष अनुपात १३ प्रतिशत रहेको छ ।
८ अर्ब ४५ करोड चुुक्ता पूँजी भएको माछापुच्छ्रेले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश क्षमता राख्दछ । लेखापरिक्षण हुँदा यो रकम फरक पर्नेसक्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK