×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच महिनामा ११ अर्ब २९ करोडको औषधि आयात, सबै भन्दा धेरै वीरगन्ज र विराटनगर नाकाबाट भित्रियो

LAXMI SUNRISE BANK

पाँच महिनामा ११ अर्ब २९ करोडको औषधि आयात, सबै भन्दा धेरै वीरगन्ज र विराटनगर नाकाबाट भित्रियो

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधी र यसका कच्चा पदार्थ आयात भएको छ । लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिका कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि श्रावण २५ गतेसम्म मात्रै ३७ करोड ३० लाख ४ हजारको तयारी औषधि र २४ करोड ९१ लाख एक हजारको औषधिको कच्चा पदार्थ नेपाल भित्रिएको विभागका महानिर्देशक सुमन दाहालले बताए । वीरगन्ज र विराटनगर भन्सार नाका भएर धेरै मात्रामा औषधि र कच्चा पदार्थ आयात भएको विभागको भनाई छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भान्सार कार्यालय गौचरण र तातोपानी नाका भएर औषधि आयात बढेको विभागको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी