×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड, सेयरधनीलाई १ अर्ब १५ करोड लाभांश दिनसक्ने क्षमता ! (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड, सेयरधनीलाई १ अर्ब १५ करोड लाभांश दिनसक्ने क्षमता ! (विस्तृत विवरणसहित)

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ५२ करोड खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले उक्त नाफाबाट आफ्ना सेयरधानीहरुलाई १ अर्ब १५ करोड लाभांश बाड्ने क्षमता राखेको छ । अहिले बैंकको नेतृत्वको भूमिकामा अनुपमा खुन्जेली छिन् ।
गण्डकी बिकास बैंकले गाभेपछी बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड पुगेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले हालसम्म १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगनी गैर्न सफल भएको छ । 
यस्तै बैंकको जगेडामा ३ अर्ब ३२ करोड रहेको छ भने बेसरेट ८.३२ प्रतिशत छ । साथै बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा छ । बैंकको प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: