×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै कर्मचारीलाई कोरोना लाग्दा पनि चेतेन मेगा बैंक, स्वास्थ्य-सुरक्षामा चरम लापर्वाही, संक्रमणको जोखिम उच्च !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

आफ्नै कर्मचारीलाई कोरोना लाग्दा पनि चेतेन मेगा बैंक, स्वास्थ्य-सुरक्षामा चरम लापर्वाही, संक्रमणको जोखिम उच्च !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । तर त्यहि मेगा बैंकका विभिन्न शाखामा हेर्ने हो भने बैंकले यतिसम्म लापरवाही भौतिक दुरी कायम गरिएको छ, न जनस्वास्थ्य सुरक्षामा ध्यान दिइएको छ । ग्राहकहरुको मुखमा मास्क छैन, बैंकको शाखामा सेनिटाईजर छैन । र पनि बैंक चलिरहेको छ, कोरोना संक्रमणको जोखिम बोकेर ।
माथिको तस्विर तनहुँको सदरमुकाम दमौलीमा सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको भीडको हो ।सरकारले जेष्ट नागरिक र बालबालिकालाई घरबाट ननिस्किन भनेको छ । यो बेला बैंकले बृद्धभत्ता बाँड्न मिल्छ ? अर्को प्रश्न उठेको छ । देशभर कोरोना संक्रमणको त्रास फैलिदा बैंकको लापरवाही कायम थियो । तर आफ्नै कर्मचारीलाई कोरोना लाग्दा पनि यो हदसम्मको लापरवाही गर्ने बैंकको पारा देखेर भने धेरैजना चिन्तित भएका छन् ।
केहि दिनअघि बैंकको धादिङमा रहेको शाखाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । बैंककै लापरवाहीका कारण कोरोना संक्रमण भएको भन्ने चर्चा चौतर्फी चलेका बेला बैंक अगाडी देखिएको यस्तो भीडले सो चर्चालाई प्रमाणित गरेको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: