
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयर सफ्टवेयर बन्द भएको छ । एकैसाथ तीन कम्पनीको आईपीओ निष्काशन भएपछि लगानीकर्ताको चाप धान्न नसकेर उक्त सफ्टवेयर बन्द भएको हो ।
एकै पटक धेरै लगानीकर्ताले मेरो शेयर लगइन गरेपछि सिष्टम डाउन भएको केन्द्रिय निक्षेप प्रणालीले जनाएको छ । सिष्टम डाउन हुँदा लगानीकर्ताहरुले मेरो सेयरबाट आईपीओका लागि आवेदन दिन पाएका छैनन् । यता कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बुधबार रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिेको छ । जसकारण लगानीकर्ता बैंकसम्म जान सक्ने अवस्था पनि छैन ।
एउटै समयमा धेरै कम्पनीको साधारण शेयर निष्काशन गर्न दिइएका कारण विगतदेखि नै मेरो शेयरमा समस्या आउने गरेको छ । लिबर्टीले भदौ ३ (हिजो) देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गते अर्थात आजदेखि प्राथमिक सार्वजनिक निष्काशन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्