×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन दिए क्यानडाका अर्थमन्त्रीले राजीनामा ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किन दिए क्यानडाका अर्थमन्त्रीले राजीनामा ?

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजिनामा दिनु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाँले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिनु भएको समाचारमा जनाइएको छ ।
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् । सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो । 
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गर्नु भएको छ । उहाँले संवाददाताहरुलाई भन्नुभयो, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।” -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: