
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतसँग सिमाना जोडिएका मोरङको दक्षिणी क्षेत्रका ६ वटा पालिकाले थप एक साता लकडाउनको समय बढाएका छन् । कोरोना संक्रमणको अति जोखिममा रहेका भारतसँग सिमाना जोडिएका तीन नगरपालिका र तीन गाउँपालिकाको बुधबार रंगेलीमा बसेको संयुक्त बैठकले थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो ।
बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न १७ भदौसम्म लकडाउन थप्ने सहमति भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताए । यसअघि दक्षिण क्षेत्रका पालिकाहरूले संयुक्त बैठक गरी तीन हप्ताअघि सबै पालिकाले लकडाउन घोषणा गरेका थिए । सहमतिअनुसार थपिएको लकडाउनको समयमा बिहान ६ देखि १२ बजेसम्म सुरक्षा सतर्कता अपनाएर बैंक तथा वित्तीय संस्था खोल्न र अत्यावश्यक कारोबार गर्न पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्