×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा थप १ सय २३ जनामा कोरोना संक्रमण पुष्टी, २ जना भए ‘डिस्चार्ज’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश १ मा थप १ सय २३ जनामा कोरोना संक्रमण पुष्टी, २ जना भए ‘डिस्चार्ज’

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ
  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । प्रदेश १ मा बुधबार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षणमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा ३३ जना महिला र ९० जना पुरुष रहेका छन् । थपिएका संक्रमित मध्ये मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरका १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिलेसम्म प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी