×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट आमा- छोराको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोनाबाट आमा- छोराको मृत्यु

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । उनीहरुमा आमा छोरा हुन् । ७४ वर्षीया वृद्धा मृतक ६० वर्षियय पुरुषकी कान्छी आमा हुन् ।
दुवै जनामा एक साता अघिदेखि अत्याधिक रुघाखोकी स्वाशप्रस्वाशमा समस्या र ज्वरो आएकाले शनिवार साँझ प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानमा भर्ना भएलगत्तै उनीहरुको स्वाब संकलन कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।
शनिवार साँझ ८ बजे भर्ना भएकी आमाको आइतवार बिहान ८:३० बजे मृत्यु भएको हो भने शनिवार नै साँझ ८:५९ बजे भर्ना भएका छोराको आइतवार बिहान ७:४५ बजे मृत्यु भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: