×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ बिकास बैंकमा कार्यरत ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, भन्छन्, ‘यस्तो बेला बैंक नखोले हुन्न र…?

PRIME CA

मुक्तिनाथ बिकास बैंकमा कार्यरत ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, भन्छन्, ‘यस्तो बेला बैंक नखोले हुन्न र…?

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ बिकास बैंक लिमिटेडमा कार्यरत ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुरस्थित एक शाखामा कार्यरत ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त शाखा बैंकले केहि समयअघिमात्र खोलेको नयाँ शाखा हो ।
‘मसहित ७ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । अरु करिब ८ जनाको रिपोर्ट आज आउँदैछ ।’ अर्थ सरोकारको सम्पर्कमा आएका एक संक्रमित बैंकरले भने, ‘अहिले मेरो र साथीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । हामी अस्पतालमा आइसोलेसनमा छौं ।’
कर्मचारीलाई यसरी कोरोना संक्रमण हुँदा पनि बैंक खोलेकोभन्दै उनले गुनासोसमेत पोखेका छन् । ‘हामी फ्रन्टलाईनमा काम गर्नेको हालत यस्तो छ । सरकारलाई अझै पनि अत्यावश्यक सेवा भन्दै बैंक खोल्नै ध्यान छ । अनि हामीचाहिं यसरी नै मर्ने ? किन संक्रमित बढाउने ? यस्तो बेला बैंक बन्द गरे हुन्न र ?’ उनले प्रश्न गरेका छन् ।
उनी कार्यरत बैंकको शाखा भने सिल गरिएको छ । 
स्मरण रहोस् मुक्तिनाथ बिकास बैंक त्यहि बैंक हो, जसले कोरोना संक्रमणको उच्च जोखिमका बीच पनि निकै लापरवाहीपूर्ण तरिकाले सेवा दिइरहेको थियो । केहि समय अघि बैंकको केन्द्रिय भवनमा कोरोना संक्रमित पुगेको खबर बाहिरिंदासमेत बैंकका गार्ड मास्कसमेत नलगाई बसेको भिडियो रिपोर्ट अर्थ सरोकारले सार्वजनिक  गरेको थियो । साथै बैंकका थुप्रै शाखामा पनि भौतिक दुरी कायम नगरी निकै लापरवाही ढंगले काम भइरहेको प्रमाणसहितको रिपोर्ट अर्थ सरोकारले सार्वजनिक गरेको थियो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: