×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य

PRIME CA

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य

अर्थ सरोकार

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

मुसीकोट नगरपालिका
  • अर्थ सरोकार सम्बाददाता 
रुकुम । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६-०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ । पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ । मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ । सङ्घीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन् । 
कृषकको आकर्षण राम्रो भएको र व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उहाँको भनाइ थियो । यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि रु. दुई-दुई लाख बजेट विनियोजन गरेको छ । छ सय २८ कृषकका ५०३ भैंसी, १२३ गाईगोरु, २११ भेंडा र एक हजार ३७७ बाख्राको बीमा गरिएको नगर कृषि सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै गत वर्ष बाली बीमाको सेवा भने ६६ कृषकले लिएका छन् । कृषकले आलु, काउली, टमाटरलगायत तरकारी बालीको बीमा गरेको नगर कृषि शाखा अधिकृत यज्ञबहादुर खड्काले बताउनुभयो । बीमा गरेपछि कृषकले आफ्नो कृषि बाली तथा पशुपालनमा क्षति पुगे बीमावापत क्षतिपूर्ति पाउने गरेका छन् । यसले लगानी डुब्ने र सोही कारण कृषि तथा पशुपालनबाट पलायन हुने बाध्यता कम गर्न सहयोग पुगेको कृषक बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: