×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढ्यो बजार: ९.३४ अंकले बढेको नेप्से १४४०.९४ बिन्दुमा, १ अर्व ८५ करोड माथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगलबार बढ्यो बजार: ९.३४ अंकले बढेको नेप्से १४४०.९४ बिन्दुमा, १ अर्व ८५ करोड माथिको कारोबार

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८५ करोड ५१ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २८ करोड ७४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेको इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा व्यापार, म्युनुफक्चार एण्ड प्रोडक्सन र म्युचुअल फण्ड  उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनी र आशा लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै समृद्धि फाइनान्स र युनियन हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: