×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतकाे यूरोमनीद्धारा नबिल बैंक पुरस्कृत, दोस्रो पटक पनि नेपालको उत्कृष्ट बैंक बन्न सफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बेलायतकाे यूरोमनीद्धारा नबिल बैंक पुरस्कृत, दोस्रो पटक पनि नेपालको उत्कृष्ट बैंक बन्न सफल

Artha Sarokar

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।
समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्या‌ंकन गरी उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी