×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता
इटहरी । नबिल बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारी एक-एक गरी कोरोना संक्रमित हुँदै गर्दा नबिल बैंकको सुनसरीको इटहरीस्थित शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
बिराटनगर घर भएका ती कर्मचारीको हाल इटहरी अस्पतालमा उपचार भइरहेको छ । इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख डाक्टर रामकुमार धमलाले कोरोना संक्रमित ती व्यक्ति नबिल बैंकका कर्मचारी भएको पुष्टी गरेका छन् । हाल ती कर्मचारीको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ । 
यसअघि बिरगंजमा नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो भने त्यसअघि धादिङमा मेगा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसअघि बाणिज्य बैंकका एक ब्रान्च मेनेजर र कृषि बिकास बैंक लिमिटेडका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारीमा पनि केहि समयअघि कोरोना संक्रमण पुष्टी भएको देखिएको थियो। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: