×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका ऋणीलाई सहुलियत, ०.२५ प्रतिशत व्याज छुट पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकका ऋणीलाई सहुलियत, ०.२५ प्रतिशत व्याज छुट पाइने

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।
बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त नगर्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको बताएका छन् ।
‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैनन्’ शाहले भने ।
हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: