×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिलमा सुजित शाक्यको नियुक्ति नै विवादमा, राष्ट्र बैंकको व्यवस्थाबारे बैंकरहका आ-आफ्नै व्याख्या, अधिकांस ‘तिरीमिरी’ !

PRIME CA
GLOBAL IME BANK

नबिलमा सुजित शाक्यको नियुक्ति नै विवादमा, राष्ट्र बैंकको व्यवस्थाबारे बैंकरहका आ-आफ्नै व्याख्या, अधिकांस ‘तिरीमिरी’ !

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकर सुजित शाक्य नबिल बैंक लिमिटेडको डेपुटी सीइओमा नियुक्त भएका छन् । उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए । उनले अहिले ग्लोबल आइएमइ बैंकबाट राजिनामा दिएका त छन् तर उनको राजिनामा स्वीकृत भएको छैन । तत्कालीन जनता बैंक र ग्लोबल आइएमइ बैंक मर्ज भएपछी उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए । केही समयअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल अवकाश भएका थिए। त्यसपछि बैंकको डेपुटी सीइओ पद खाली थियो । यहि पदमा उनको नियुक्ति भएको हो । तर उनको नियुक्ति नै ‘गैरकानुनी’ भएको विश्लेषण राष्ट्र बैंकका जिम्मेवार अधिकारीले गरेपछि अव उनको नबिलको यात्रा तत्काल डेपुटी सीइओकै रुपमा नहुनसक्ने सम्भावना बढेको छ । 
नेपाल राष्ट्र बैंकको व्यवस्थाको दुईथरी व्याख्या, व्याख्या पढेर बैंकर नै तिरिमिरी !
सुजित शाक्यको नियुक्तिलाई लिएर नेपाल राष्ट्र बैंकको दुईथरी व्याख्या देखिएको छ । 
पहिलो व्याख्या के हो भने उनी ग्लोबल आइएमइ बैंक लिमिटेडका डेपुटी सीइओ थिए । परशुराम कुँवरले छोडेपछि अहिले बैंकमा पहिलो बरियतामा महेश ढकाल छन् भने दोश्रो बरियतामा उनी थिए ।  उनको जागिर मर्जर प्रक्रियामा भाग लिंदै गर्दा गएको पनि होइन । बैंक मर्जरमा गएर ६ महिना एकिकृत कारोबारसमेत भइसकेको अवस्थामा उनले मर्जरका सबै प्रक्रिया सकेर पनि बैंकले एकिकृत कारोबारसमेत सुरु गरेर ६ महिना बितिसकेपछि दोश्रो बरियताकै हैसियतमा बैंक छोडेकाले उनलाई कुलिङ पिरियडको नीति लागु हुन्छ । 
 माथिको ३ नम्बरको बुँदामा बोल्ड अक्षरमा भएको व्यवस्थालाई विश्लेषण गर्ने हो भने मर्जर प्रक्रियामा सहभागी भइ असार मसान्तसम्म एकिकृत कारोबार गरेमा त्यस्ता संचालकका नायब प्रमुख कार्यकारी अधिकृतको हकमा यस्तो व्यवस्था लागु हुने छैन भन्ने उल्लेख छ । तर एकिकृत कारोबार भएको ६ महिना पुगिसकेकाले पनि यो नियम उनलाई लागु हुँदैन भन्ने हो भने त मर्जरमा गएका बैंकका सीइओ वा डेपुटी सीइओ कसैलाई पनि कहिले पनि कुलिङ लाग्दैन भन्ने गलत व्याख्या हुन जान्छ । यसले कुलिङ पिरियडको मर्म नै मार्छ । त्यसैले पनि उनी अहिले नै नबिल बैंकको डेपुटी सीइओ हुन पाउँदैनन् भन्ने छ ।  
अर्कोतर्फ उनी ग्लोबल आइएमइ बैंकमा दोश्रो बरियतामा थिए । तत्कालीन सीइओ परशुराम कुँवर हुँदै उनले बैंक छोडेको भए वा त्यतिबेला नै भीआरएस लिएको भए उनको बरियता तेश्रो हुने थियो । तेश्रो भएपछी उनलाई कुनै पनि नियमले नबिलमा डेपुटी सीइओ हुन रोक्दैनथियो । तर उनी अहिले दोश्रो बरियतामा भएकाले उनलाई नबिल बैंकको डेपुटी सीइओ हुन नियमले रोक्छ ।           
तर दोश्रो ‘लजिक’ के पनि हुन सक्छ भने मर्जरमा गएका कुनै पनि बैंक तथा वित्तीय संस्थाका सीइओ वा डेपुटी सीइओ कुनै पनि बेला बैंक छोडे पनि कुलिङ लाग्दैन भन्ने व्यवस्थाको राष्ट्र बैंकको आशय हो भन्ने तर्क हाबी हुन सक्छ । ३ नम्बरको बुंदामा उल्लेख भएका कुराहरु मर्जरमा गइ २०७७ असार मसान्तसम्ममा एकिकृत कारोबार भएको खण्डमा लाग्दैन भन्ने तर्क पनि ‘त्यसो होइन’ भन्न सक्ने कानुनी बुँदा कतै छैन । अर्कोतर्फ ग्लोबल आइएमइ बैंकमा अहिले सीइओ छैनन्, महेश ढकाल निमित्तका रुपमा छन्, त्यसैले पहिलो बरियता खाली छ, दोश्रो बरियतामा महेश ढकाल छन् र तेश्रो बरियतामा सुजित शाक्य छन् भन्ने तर्कले जित्न सक्यो भने उनलाई नबिल जान केहिले रोक्न सक्दैन ।   
व्यवस्थाले रोकेको खण्डमा सुजित शाक्यसँग यस्ता विकल्प पनि छन् 
यसो त सुजित शाक्यसँग अहिले डीजीएममा जाने र ६ महिना पुगेपछि डेपुटी सीइओमा पदोन्नती हुने विकल्प पनि सुरक्षित छ । पहिला अनिल शाह नै डेपुटी सीइओ भएर नबिल प्रवेश गरी पछी सीइओ भएका हुन् । उनीसँग ग्लोबलमा अर्को नयाँ सीइओ आउन्जेल कुर्ने विकल्प पनि छ । यसो गर्दा उनी तेश्रो बरियतामा आउँछन् र सजिलै बैंक छोड्न सक्छन् । अहिलेकै स्थितिमा उनी आफ्नो तर्कमा जितेर बैंक गए भनेपनि उनलाई राष्ट्र बैंकले पेल्ने देखिएको छ । किनकि राष्ट्र बैंकका अधिकांस हाकिम सापहरु यो नियुक्ति गैरकानुनी हो भन्नेमा पुगिसकेका छन्। 
बैंकका संचालकको गैरजिम्मेवार उत्तर 
यसो त बैंकका एक संचालकले यस विषयमा सुजित शाक्यलाई नै ‘घुमाइदिएको’ शैलीको कुरा गरेका छन् । अर्थ सरोकार डटकमसँग कुरा गर्दै नबिल बैंकका एक संचालकले भने, ‘हामीले त उहाँलाई अफर लेटर दिएका हौँ, अर्थात अफर गरेका हौँ । बाँकी कुरा म जान मिल्छ कि मिल्दैन भन्ने कुरा उहाँले हेर्ने हो । खासमा नमिल्नुपर्ने कुरा केहि छैन । मिल्दै मिलेन भने उहाँ डीजीएम भएर आउने अनि पछी डेपुटी सीइओ हुने विकल्प पनि त खाली छ । अव हुँदै भएन भने बैंकले अर्को डेपुटी सीइओ खोज्ला । यसै पनि हामीले एनआइसी एशिया बैंकका एसीइओसँग पनि डेपुटी सीइओ पदका लागि विकल्पको रुपमा सोचिरहेका छौं ।’ ती संचालकले अर्थ सरोकारसँग भने । ‘यो त सुजित शाक्यलाई घुमाएको जस्तो भएन र ?’ हाम्रो प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘जहिले जे कुरामा पनि व्याख्या अपव्याख्या गरेर राष्ट्र बैंकले चाहिं नबिल बैंकलाई घुमाएजस्तो भएन र ?’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: