- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २० करोड ३५ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १८.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, कम्पनीको खुद बिमा शुल्क ३६.५२ प्रतिशतले घटेर ४२ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । त्यस्तै, जगेडा कोषमा ३८ करोड २५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेकाे छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्