×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा खरिद प्रकृयाले समस्या गर्यो’ : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । सोमबारबाट सुरु भएको राष्ट्रिय परिसंवादमा प्राधिरकणले प्रस्तुत गरेका सोधपत्रहरुले यस्तो निष्कर्ष निकालेको हो । तीन दिने भर्चुअल परिसंवादमा पुरात्वात्तिक महत्व लगायत विभिन्न ४६ वटा सोधपत्र प्रस्तुत भएका छन । प्रस्तुत सोधपत्रमाथिको छलफलपछि नेपालको खरिद प्रकृयामा समस्या रहेको र त्यसले पुरात्वात्तिव महत्वको पुर्ननिर्माण र संरक्षणमा समेत समस्या गरेको निष्कर्ष निकालेको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । परिसंवादमा रेट्रो फिटिङको खर्च र नयाँ निर्माण गर्दा लाग्ने खर्च कति हुन्छ ? कुन कुन प्रविधिबाट गर्न सकिन्छ ? ग्रामिण इलाका र सहरी इलाकामा घर बनाउँदा आउने समस्याहरु के हुन भन्ने विषय पनि प्रस्तुत भएको उहाँले बताउनुभयो ।
परिसंवादमा आजसम्म नीजि आवास, ग्रामिण इलाका र सहरी इलाकामा नीजि आवास निर्माण, पुरात्वात्तिक महत्वक, विद्यालय, अस्पताल र जीविकोपार्जन सम्बन्धि सोधपत्रमाथि छलफल भएको छ । भोली परिसंवादको अन्तिम दिन रेस्क्यु र सुशासनको सोधपत्रमाथि छलफल हुने उहाँले बताउनुभयो परिसंवादमा प्राप्त सुझावहरुलाई प्राधिकरण रहँदासम्म अल्पकालिन रुपमा कार्यान्वयन गरिने उहाँले बताउनुभयो । १५ औं योजना परिमार्जन गर्दा छलफलमा आएका विषयहरुलाई अल्पकालिन र दिर्घकालिन रुपमा समावेश गर्नेगरी राष्ट्रिय योजना आयोगसँग छलफल गरिने उहाँको भनाई छ । छलफलमा पुर्ननिर्माणसँग मात्रै सम्बन्धित नभएर राष्ट्रिय विकासका योजनाहरुसँग सम्बन्धि विषयमाथि पनि छलफल जारी रहेको श्रेष्ठले बताउनुभयो । भोली करिब १४ वटा सोधपत्रमाथि छलफल हुनेछ । भोलीको सत्रमा पुर्ननिर्माणमा सहयोग गर्ने दातृ निकायका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नेछन । यस्तै अब कसरी अगाडी बढ्ने भन्ने विषयको टुंगो पनि भोलीको सत्रपछि लाग्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: