
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्याल पुन: नियुक्त भएको छ । साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा पुन: नियुक्त गरेको हो । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै।
अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए ।
उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्