- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेफ्स्कून र नेपाल अडिटर्स एशोसिएशन (अडान) बीच आज छलफल कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाहरूको लेखापरीक्षणलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । संघको केन्द्रीय कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कून पदाधिकारी र अडानका अध्यक्ष एवम् प्रतिनिधिहरुबीच सहकारी संस्थाको लेखापरीक्षण प्रतिवेदनमा एकरुपता कायम गराउने एवम् सहकारी कारोबारको अभिलेखीकरण, प्रस्तुती र प्रतिवेदनलाई व्यवस्थित एवम् पारदर्शी बनाउन समान धारणाको विकास गरी अगाडि बढ्ने विषयमा सकारात्मक छलफल भएको हो ।
नेपाल सरकारले सहकारी संघ संस्थाहरुको अभिलेखीकरण, प्रस्तुती र प्रतिवेदनलाई व्यवस्थापन गर्न लेखा नीति, लेखा सूचि र लेखा मापदण्ड (चार्ट अफ एकाउन्ट) र लेखापरीक्षण निर्देशिका जारी गरिसकेको अवस्थामा लेखा मापदण्ड बमोजिम संस्थाको वित्तीय कारोबार, अभिलेखीकरण, प्रस्तुती र प्रतिवेदन तयारीमा एकरुपता ल्याउन दुबै पक्षबीच समान धारणा विकास भएको हो ।
छलफलमा नेपाल अडिटर्स एशोसिएशनका अध्यक्ष मोहनराज रेग्मी, महासचिव झलकमणि लम्साल, प्रमुख कार्यकारी अधिकृत नरेश खनाल सहित नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिना सहितको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्