×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप ७८ कोरोना सङ्क्रमण पुष्टी, संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुग्यो

LAXMI SUNRISE BANK

नेपालमा थप ७८ कोरोना सङ्क्रमण पुष्टी, संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुग्यो

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश २ मा ७० जना र गण्डकी प्रदेशमा ८ गरी ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश २ को वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी पनि परेका छन् । यस्तै गण्डकी प्रदेशमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
कास्कीको पोखरा महानगरपालिकाका ४ जना तथा बाग्लुङ र तनहुँका दुईरदुई जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुगेको छ । मन्त्रालयले अहिलेसम्म ४ लाख ५२ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १३ हजार ३ सय १० जनामा कोरोना पुष्टि भएको जनाएको छ । 
जसमध्ये १६ हजार ४ सय ९३ जना निको भएका छन्, ६ हजार ७ सय ३८ जना आइसोलेशनमा छन् । ७९ जनाको ज्यान गएको छ । प्रदेश २ मा मात्रै अहिले पनि ३ हजार १ सय ४४ जना आइसोलेशनमा छन् भने ३ हजार ३ सय ५७ जना निको भएका छन् । ३३ जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ मा ४ हजार १ सय ८१ जना निको भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी