
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तत्कालीन कालिका लघुवित्तमा हुँदा नक्कली बिल काण्ड लगायत विभिन्न काण्डमा परेका मिनबहादुर बोहरा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको कुलिङ पिरियडको नीति अनुसार एउटा बैंक तथा वित्तीय संस्थाको सीइओ अर्को बैंक तथा वित्तीय संस्थामा सीइओ नै भएर जान ६ महिना कुर्नुपर्ने भएपछी उनी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा गएका हुन् । कालिका र जनसेवी मर्ज भएपछी उनले संस्थालाई नेतृत्व गर्न नसक्ने निष्कर्षसहित उनलाई भीआरएस दिएर संस्थाबाट बिदाइ गरिएको थियो ।
कालिकामा उनी सीइओ हुँदा नै केहि ब्रान्चहरुमा आर्थिक घोटालाहरु पनि भएका छन् । उनी सीइओ नै भएका बेला कालिकालाई इन्साइडर ट्रेडिङ गरेको आरोपसमेत लागेको थियो । उनलाई नेपाल एग्रोले ६ महिनापछी पूर्ण रुपमा सीइओ बनाउँदैछ । उनको नेतृत्वमा नेपाल एग्रोको पनि ओरालो दिन सुरु भएको चौतर्फी विश्लेषण छ।
https://arthasarokar.com/2019/01/kalika-laghubitta-3.html
https://arthasarokar.com/2018/11/kalika-laghubitta.html
https://arthasarokar.com/2018/11/kalika-Exclusive-.html
https://arthasarokar.com/2018/11/kalika-laghubitta.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्