- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कपिलवस्तुको कृष्णनगरमा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएकोमा एकजना महिला र एकजना पुरुष रहेका छन् । उनीहरुमा कुनै पनि लक्षण भने नदेखिएको र दुवै होम क्वारेन्टिनमा रहेको फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमण पुष्टि भएपछि नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय बन्द गराई कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्