×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको चौथौ त्रैमास : खुद नाफा घट्यो, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार

PRIME CA

नेपाल बैंकको चौथौ त्रैमास : खुद नाफा घट्यो, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंककाे खुद व्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । अघिल्लो वर्षको यहि अवधिमा ६ अर्ब १८ करोड ९५ लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यस वर्ष ९.१ प्रतिशतले घटेर अर्ब ६१ करोड ८९ लाख ४७ हजार रुपैयाँमा सिमित रहेको छ । सञ्चालन मुनाफा पनि ४ अर्ब ५१ करोड ४७ हजार रूपैयाँ घटेर ३ अर्ब ५६ करोड ६४ लाख ३२ हजार रूपैयाँमा खुम्चिएको छ। बैंकको सञ्चालन नाफा २०.९२ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज अम्द्निया र सञ्चालन नाफा दुवै घटेको कारणले खुद नाफामा पनि गिरावट आएको हो। 
यो चौथौ त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख ३५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले घटेर २२ रुपैयाँ ६६ पैसामा आएको छ । बैंककाे प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा रहेकाे विवरणमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: