Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकले पठायो ५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बङ्गलादेश बैंकले ५ प्रतिशत बाेनस शेयर आफ्नो सेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको छ । बैंकले मंसिर २६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुकाे सम्बन्धित डिम्याट खातामा पठाउन थालेको हो । बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
बैंकको गत पुस ७ गते सम्पन्न भएकाे २५औं वार्षिक साधारण सभाले  ५ प्रतिशत बाेनस शेय पारित गरेकाे थियो ।
बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।  बैंककाे शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK