
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरिरहेको नेपाल बंगलादेश बैंकले १ अर्व २४ करोड ४५ लाख ८० हजार २०५ रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा २१.६२ प्रतिशतले थोरै हो । ब्याज र किस्ता नउठेपछि बैंकको नाफामा असर परेको हो ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार ४२३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार ३४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०१ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा छ भने तरलता अनुपात ३४.४५ प्रतिशत छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार १२ रुपैयाँ छ । जसबाट बैंकले ५.२८ प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । खुद ब्याज आम्दानी २ अर्ब ९० करोड ६५ लाख ३६ हजार ९२१ रुपैयाँमा सिमित भएको छ भने सञ्चालन नाफा १ अर्ब ८० करोड ५ लाख ५८ हजार ९२१ रुपैयाँमा कायम भएको छ । ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार २९५ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ११ करोड २१ लाख ९९ हजार ३३७ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्