
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केहि समय अघि मात्र महालेखाको प्रतिवेदनमा नेपाल बैंकले ऋण उठाउन पहल नगरेकोसहितका केहि गम्भीर कुराको खुलासा गरेको तथ्य सेलाउन नपाउँदै नेपाल बैंकको नाफा घटेको विवरण सार्वजनिक हुँदै गर्दा बैंकले ओरालो यात्रा गरिरहेको तथ्य बुझ्न गाह्रो नहुने गरी घटनाक्रम अघि बढेका छन् । केहि समय अघिमात्र महालेखाले बैंकको व्यवस्थापनको कार्यक्षमतामाथि नै प्रश्न उठाउनु, ऋण उठाउन पहल नगरेको आरोप लगाउनु, यहि बेला नेपाल बैंकका विभिन्न काण्डहरु बाहिर आउनु र यी तमाम घटनाका बीच बैंकको ओरालो यात्रालाई पुष्टी गर्नेगरी बैंकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक हुनुले सेयरधनीहरुलाई निराश बनाएको छ ।
नेपाल बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यद्यपी बैंकले नाफा घटेको दोष भने कोभिड-१९ लाई दिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९४ करोड ३६ लाख रुपैयाँ घटेर ३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्ष २६ रुपैयाँ ९९ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्ष घटेर २२ रुपैयाँ ६६ पैसामा सीमित भएको छ ।
स्मरण रहोस्, बैंकको व्यवस्थापनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै महालेखाले नेपाल बैंक लिमिटेडको भित्री समस्याको ‘पर्दाफास’ गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्