Skip to content
LAXMI SUNRISE BANK

बैंकर्स संघको अपिल : ‘अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखा कार्यालयमा नआउनू’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखा कार्यालयमा नआउन अपिल गरेको छ। कोरोनाबाट बँच्न तथा जोखिमहरु न्यूनीकरणका लागि डिजिटल बैंकिङ कारोबार गर्न संघले अनुरोध गरेको छ । एउटा ‍खाताबाट अर्को खातामा रकम जम्मा गर्न, विभिन्न बिल भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्नलगायतका काम सहज रुपमा डिजिटल बैंकिङबाट सकिने भएकाले घरमै बसी सहज रुपमा बैंकिङ सुविधा लिन संघले ग्राहकरुलाई अपिल गरेको हो । 
अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन ग्राहकहरुमा संघले अनुरोध गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK