- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला टोलीका १८ जना सदस्यहरुको कोरोना बीमा गरेको छ । मंगलबार क्यानले विज्ञप्ति जारी गरी दोस्रो चरण अन्तरगत १८ जना महिला खेलाडीको पनि बीमा गरेको जानकारी दिएको छ ।
कोरोना भाइरसको ज्ञास बढ्दै जाँदा खेलकुद गतिविधि भने ठप्प छन् । यसअघि क्यानले २३ जना पुरुष क्रिकेट टीमा खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो ।
पुरुष टिमका खेलाडीको बीमा गरेपछि महिला खेलाडीलाई विभेदकारी निर्णय गरेको भन्दै क्यानको विरोध भएको थियो । क्यान सचिव असोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थीति अनुसार क्यानले १८ जना महिला खेलाडीको कोरोना बीमा गरेको छ ।’