×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत प्राधिकरणमा ‘कुलमानको कमाल’, कमायो ११ अर्ब ६ करोड रुपैयाँ नाफा…!

PRIME CA
GLOBAL IME BANK

नेपाल विद्युत प्राधिकरणमा ‘कुलमानको कमाल’, कमायो ११ अर्ब ६ करोड रुपैयाँ नाफा…!

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको हो । त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो ।
सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो । प्राधिकरणले २०७३/०७४ मा एक अर्ब ४७ करोड, २०७४/०७५ मा दुई अर्ब ८५ करोड र २०७५/०७६ मा नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: